कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । बुधबार स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान स्वर्गद्वारी नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम तथा वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियानको सहजिकरण कोचिबाङ स्वास्थ्य चौकीका प्रमुख भरत खड्काले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अथिति नगर प्रवक्ता सुरज सुनारले रोग लागेर उपचार गर्नु भन्दा रोग नलाग्न दिनु महत्वपुर्ण रहेको बताउदै सबैलाई सचेत र सुरिक्षत रहन आग्रह गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा जन स्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथोकीले वर्षातको समयमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस जस्ता रोगहरु लाग्ने भएकाले घर वरिपरी सरसफाई , ड्रम , ट्याङ्कीमा ढक्कन लगाउने , गाडीका टायरहरु नराख्ने, चर्पीमा रहेका बाल्टिमा पानी नभरी खाली राख्ने गरेमा डेंगुबाट बच्न सकिने बताउदै बनजङ्गल जादा सुरक्षितका साथ हेरचाह गरेमा जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोगबाट बच्ने बताउनु भएको थियो । यस्ता कार्यहरु गाउगाउँमा जनचेतना फैलाउन समेत गोराथोकीले आग्रह गर्नुभएको थियो ।

वडा अध्यक्ष मेघराज जिसीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी , स्थानीयहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियानका लागी वडा अध्यक्ष जिसीको नेतृत्वमा ११ सदस्य समिति गठन गरिएको छ