कुवेतमा मदिरा कारखानामा छापा २ नेपालीसहित ६७ जना पक्राउ - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

कुवेतमा मदिरा कारखानामा छापा २ नेपालीसहित ६७ जना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र २ गते २०८२

काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपालीसहित २३ आप्रवासी कामदारको मृत्यु भएपछि अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने माथि त्यहाँको सरकार एक्सनमा उत्रिएको छ । कुवेतका प्रथम उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल–सबाहको निरीक्षणमा, सुरक्षा सेवाहरूले विषाक्त पदार्थ मिथानोलको उत्पादन र वितरणमा संलग्न एक आपराधिक सञ्जाललाई ध्वस्त पारेको छ ।

कुवेतमा जताततै विषाक्त मदिराको कारखाना स् मदिरा बनाउदा बनाउदै रंगेहात पक्राउ परे २ नेपालीअनुगमन पछि त्यहाँको सामान्य आपराधिक अनुसन्धान विभागले लागूऔषध नियन्त्रण विभाग, फोरेन्सिक विभागको सामान्य प्रमाण विभाग र स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा सालमियामा नेपाली नागरिक भुवन लाल तामाङलाई पक्राउ गरेको छ । तामाङलाई मिथानोल राखेको अवस्थामा रंगेहात पक्राउ गरिएको र उनले पदार्थ तयार पारेर र बेच्नेको स्वीकार गरेका छन ।

उनी सँगको सोधपुछ पछि अर्का नेपाली नारायण प्रसाद बश्याल र भारतीय नागरिक विशाल धन्याल चौहान पनि पक्राउ परेको आपराधिक अनुसन्धान विभागलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । उनीहरु विषाक्त मदिरा उत्पादन र वितरणमा पनि संलग्न रहेको पाइएको छ । सोही मुख्य नाइके मानिएका बंगलादेशी नागरिक डेलोरा प्रकाश दराजीलाई पक्रउ गरी हिरासतमा लिइएको जनाएको छ ।

यस्तै,कुवेतको अहमदी प्रहरीले फहाहिल क्षेत्रमा रहेको एक नेपाली महिलाद्वारा सञ्चालित मदिरा कारखानामा छापा मारेको छ । यसका साथै, अबु हलिफा क्षेत्रमा मदिरा बिक्री वितरण गरेको आरोपमा धेरै भारतीयहरूलाई पनि पक्राउ गरिएको जनाएको छ ।

कुवेतभरी सुरक्षा कारबाहीमा दुई–४ दिनको अवधिमा अवैध मदिराको उत्पादन र बिक्रीसँग सम्बन्धित ६७ व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।अवैध मदिरा उत्पादन गर्ने ६ वटा कारखानाहरू पत्ता लगाएको छ भने आवासीय र औद्योगिक क्षेत्रहरूमा सञ्चालन भएका चार वटा कारखानालाई बन्द गरिएको छ।

अभियानहरूको क्रममा थप ३४ जना वान्टेड व्यक्तिहरूलाई पनि पक्राउ गरिएको छ। केहि दिन अघि मात्र विषाक्त मदिरा सेवन गर्दा कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्यु भएको थियो। तीमध्ये १६ जना नेपाली छन्। मदिरा पिएर बिरामी परेका ३५ नेपालीसहित १ सय ६० जनाभन्दा बढीको त्यहाँको विभिन्न अस्पातलहरुमा उपचार भइरहेको छ। कुवेतमा मदिरा सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्धित छ ।

सम्वन्धित समाचारहरु