निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १३ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई विदेश जान रोक लगाएको हो । उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको र कुनै काम विशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग अनुमति लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

पासपोर्ट रोक्का हुनेमा तत्कालीन प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाण्डौका प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेका छन् । पासपोर्ट रोक्का गरेको जानकारी अध्यागमन विभाग सहित सम्बन्धित निकायमा पठाएको गृह मन्त्रालयले जनाएको छ ।

गएको २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक दमन गर्दा १९ जनाको ज्यान गएको थियो ।

सम्वन्धित समाचारहरु