शेयर बजार १८ अङ्कले बढ्यो - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

शेयर बजार १८ अङ्कले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १ गते २०८२

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अङ्कले बढेर २ हजार ६ सय १९ दशमलव ९९ विन्दुमा पुगेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव १५ प्रतिशतले उकालो लागेको छ ।

आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन श्वेत–गङ्ग हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव १६ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका ७८ लाख ४ हजार कित्ता शेयर ३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्वन्धित समाचारहरु