ठूलो पानी पार्ने प्रणाली कोशीमा केन्द्रित, बेलुकीदेखि मौसममा सुधार हुने - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ठूलो पानी पार्ने प्रणाली कोशीमा केन्द्रित, बेलुकीदेखि मौसममा सुधार हुने

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १९ गते २०८२

प्युठान अनलाई न्युज डेक्स । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने उहाँको भनाइ छ । ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ । कोशी प्रदेशका भने धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको र यो अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ । अहिले आठ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ । जसमा बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बुढी खोला, बिरिङ खोला लगायत नदीका बाढीमापन केन्द्र छन् ।

कोशी, मधेश र बागमती प्रदेशका अरू सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक रहेको विभागले जनाएको छ । पानी परिरहेका ठाउँ र पानी पर्न रोकिएका ठाउँका नदी खोलाहरुमा पनि बेलुकीसम्मै बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार पानी पर्न रोकिए पनि केही घण्टासम्म बाढीको जोखिम कायमै रहन्छ ।

मौसमविद उज्जवल उपाध्यायका अनुसार कोशी प्रदेशका पहाडी जिल्लाहरुमा आज बेलुकीसम्म नै सतर्कता अपनाउन आवश्यक छ । सप्तकोशी नदीको बहाव बढ्ने सम्भावना रहेको र अरु प्रमुख नदीहरू त्रिशूली, मस्र्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशीमा पानीको बहाव क्रमशः घट्दै जाने उहाँको भनाइ छ । कोशी बाहेकाका राजमार्गहरूमा अब यातायात सञ्चालन गर्न सकिने देखिए पनि ठूला वर्षाले गलेका पहाडी क्षेत्रमा आज दिनभर पहिरोको जोखिम कायम रहने उहाँले उल्लेख गर्नुभएको छ

सम्वन्धित समाचारहरु