जयपुरमा अस्पतालमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

जयपुरमा अस्पतालमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २० गते २०८२

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा गएराति ठुलो आगलागी भयो । यस घटनामा सात बिरामीको मृत्यु भयो भने अन्य कयौँ गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा सर्ट सर्किटका कारण आगलागी भएको देखिएको ट्रमा सेन्टरका इन्चार्ज डा।अनुराग धाकडले बताए । आईसीयूमा भर्ना भएका धेरैजसो बिरामी पहिले नै गम्भीर अवस्थामा थिए । अधिकांश कोमामा थिए । सर्भाइभल रिफ्लेक्स कमजोर भएकोले उनीहरूलाई तुरुन्तै सार्न गाह्रो भयो ।

आगोबाट निस्कने विषाक्त ग्यासहरूले उनीहरूको अवस्था अझ बिगार्यो । उनीहरूलाई तल्लो तल्लामा रहेको आईसीयूमा सार्न प्रयास गरिए पनि ६ जना बिरामीलाई बचाउन सकिएन । दुर्घटनाको जानकारी पाएपछि मुख्यमन्त्री भजनलाल शर्मा आफैँ अस्पताल पुगेर अवस्थाको जानकारी लिएका थिए ।
अस्पताल प्रशासनले घटनाको छानबिन गर्न आदेश दिएको छ । प्रहरी र फोरेन्सिक टोलीहरूले आगलागीको कारणको बारेमा विस्तृत अनुसन्धान गरिरहेका छन् ।

घटनापछि अस्पताल परिसरमा सुरक्षा र अग्नि सुरक्षा उपायहरूको समीक्षा भइरहेको छ । प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटको सङ्केत गरेको भए पनि अन्तिम रिपोर्ट अनुसन्धानपछि मात्र उपलब्ध हुने बताइएको छ ।

सम्वन्धित समाचारहरु