नाउपा-जनमतबीचको एकीकरणपछि रञ्जिता र सिके राउत अध्यक्ष - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नाउपा-जनमतबीचको एकीकरणपछि रञ्जिता र सिके राउत अध्यक्ष

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

काठमाडौं, १० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीको एकतापछि डा.सिके राउत र रञ्जिता श्रेष्ठ दुवै जना अध्यक्ष बन्ने भएका छन् । दुई दलबीचको एकता अगामी वैशाखभित्र टुङ्गिने बताइएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीका अनुसार एकतापछि नाउपाबाट रञ्जिता र जनमतबाट डा.राउत दुवैले पार्टीको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेको छ र सोहीअनुरुप गृहकार्य भइरहेको छ ।

‘जनमत पार्टीबाट डा.सिके राउतले र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिताजीले नेतृत्व गर्नुपर्छ भन्ने दुवै पक्षको चाहना, इच्छा र समर्थन छ । निश्चय पनि सिके राउतजीको पार्टी, जनमत पार्टी हाम्रो भन्दा संसदीय संख्यामा ठूलो हो र राष्ट्रिय पार्टी भनेर कहलिएको पार्टी हो । हामीले उहाँभन्दा अलिकति थोरै मत ल्याएका छौं । त्यस कारणले संवैधानिक, कानुनतः सामाजिक मर्यादाहरु पनि बरियता क्रममा तलमाथि होला । तर, हामी एकअर्कालाई सम्मान गर्दै स्विकारेर जान्छौं,’– नाउपाका संरक्षक डा.राउतले भने ।

सम्वन्धित समाचारहरु