धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २२ गते २०८२

काठमाण्डौ – धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति झडप भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले चार राउन्ड हवाई फायर गरेको उहाँले जानकारी दिनुभयो ।
झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्वन्धित समाचारहरु