भक्तपुरस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा एकजना मृत फेला - Pyuthan Online
असार १५ गते २०८२

भक्तपुरस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा एकजना मृत फेला

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन डेक्स ।भक्तपुरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही स्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृतावस्थामा फेला परेका हुन् । 

कवाडीको सामान टिप्ने काम गर्ने उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एक विज्ञप्तिमार्फत जनाएको छ ।