अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो जहाज दुर्घटना हुँदा ४ जनाको ज्यान गयो - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो जहाज दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १९ गते २०८२

अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ ।

दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन् । यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्य थिए, तर उनीहरु अझै सम्पर्कविहिन छन् । सम्पर्कविहिन व्यक्तिहरुको खोजी भैरहेको छ । दुर्घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ ।

विमानले झन्डै ३८ हजार ग्यालन इन्धन बोकेको थियो, जसमा विस्फोटपछि आगो लागेको र नजिकैका व्यवसायिक भवनहरू पनि डढेका छन् । संघीय विमान प्रशासन ९एफएए० का अनुसार उडान भरेको फ्लाइट २९७६ स्थानीय समय अनुसार हिजो बेलुका सवा पाँच बजे दुर्घटना भएको हो ।

सम्वन्धित समाचारहरु