आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च - Pyuthan Online
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष २ गते २०८२

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामै एक सय ७० रुपैयाँले बढेको छ । चाँदी एक सय ७० रुपैयाँले बढेर तोलाको चार हजार ५५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार आठ सय ८५ रुपैयाँ थियो ।