ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे - Pyuthan Online
वैशाख १ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २२ गते २०८२

प्युठान । जिल्लाको ऐरावती गाउँपालिका १ मा गएराति भएको भीषण आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
आगलागीमा परी ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने १३ स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मंगलबार बिहान ७ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गएराति करिब ११ ः ४५ बजे स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सुरु भएको थियो । हावाहुरीका कारण उक्त आगो हेर्दाहेर्दै बस्तीभरि फैलिएको थियो ।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाडवाङबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरी अधिकारीको कमाण्डमा ३० जना प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको अथक प्रयासपछि मंगलबार बिहान ७ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार आगलागीबाट १३ जना स्थानीयको घर, गोठ, नगद, खाद्यान्न र पशुचौपायामा क्षति पुगेको छ ।

आगलागीमा परी ५ वटा गोरु, ८७ वटा बाख्रा, एउटा बंगुर र ४ वटा कुखुरा जलेर मरेका छन् । ११ वटा घर र १४ वटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने भूपाल रोकाको २ लाख नगद र आधा तोला सुन, ओम बहादुर रेशमी मगरको ७१ हजार ५ सय नगद र रमेश घर्तीको ५० हजार नगद तथा आधा तोला सुन जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार ओम बहादुर रेशमी मगरको एउटा घर, दुई वटा गोठ र ३३ वटा बाख्रा जल्दा सबैभन्दा ठुलो क्षति पुगेको छ । यस्तै ईश्वरी राना, भूपाल रोका, घन बहादुर राना, र रमेश घर्तीको परिवार पनि नराम्ररी प्रभावित भएका छन् । देवान सिंह राना, बिकास राना, लक्ष्मण राना, गुमा रजाली, बल बहादुर रजाली, झबिन्द्र रजाली, देव बहादुर रजाली र डिला रजालीका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आगलागीबाट जम्मा ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सम्वन्धित समाचारहरु