प्यूठान । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसन प्यूठाानको अध्यक्षमा याम शर्मा निर्वाचित हुनभएको छ । मङ्गलबार जनता माध्यमिक विद्यालय बाग्दुलमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसनको भएको नौ अधिवेशनबाट सर्बसम्मत अमर माविका सहायक प्रधानाध्यापक एवम अमर क्याम्पस बाझिँपुरका प्रध्यापक याम शर्मा निर्वाचित हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा सोब बहादुर थापा , सचिवमा बसन्त जिसी , सहसचिवमा यादव पोख्रेल , कोषाध्यक्षमा सारदा विष्ट हुनुभएको छ । सदस्यहरुमा भिम सिंह वि.क. गिता खत्री ,उमेस पोख्रेल, मायादेवी नेपाली, छत्र बहादुर धामी क्षेत्री र सरिता कुमारी क्षेत्री रहनु भएको छ ।
त्यस्तै सल्लाहकारमा गिर बहादुर भण्डारी , इन्द्रमणी पोख्रेल , जगनात पोख्रेल , विष्णु पौडेल र मधुसुधन अधिकारी रहनु भएको सदस्य उमेश पोख्रेलले जानकारी दिनुभयो ।
