आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन १३ गते २०८२

काठमाण्डौ – लगातार तीन दिन बढेको सुनको भाउ आज भने स्थिर छ ।सुन आज हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार, सोमबार र हिजो मंगलबार सुनको भाउ बढेको थियो ।
यस्तै आज चाँदीको भाउ भने तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय ८५ रुपैयाँ थियो । चाँदीको भाउ हिजो पनि तोलामा एक सय ७० रुपैयाँले बढेको थियो ।