हावाहुरीले उदयपुरमा सवा करोडको क्षति - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

हावाहुरीले उदयपुरमा सवा करोडको क्षति

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ६ गते २०८२

चार दिनअघि आएको हावाहुरीले उदयपुरमा व्यापक जनधनको क्षति पुर्‍याएको विवरण सार्वजनिक भएको छ। प्रहरीले हालै सार्वजनिक गरेको संकलित तथ्यांकअनुसार मानवीय क्षतितर्फ २ जनाको मृत्यु भएको छ भने भौतिक क्षतितर्फ १ करोड २० लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको नोक्सानी भएको छ।

चैत २ गते राति ८स्०० देखि ९स्०० बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण कटारी नगरपालिका–८ मा एक महिला र वडा नं। ५ मा एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

हावाले भाँचेको रुखको हाँगा टाउकोमा लाग्दा बाख्रा–पाठा गोठबाट घरमा सार्दै गरेकी कटारी–८ की ४९ वर्षीया मीनाकुमारी तामाङको ज्यान गएको थियो। त्यस्तै, कटारी–५ को तीनकुने चोकस्थित आफ्नै किराना पसल नजिकैको रुख हावाले ढालेर किच्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार हावाहुरीमा गम्भीर घाइते भएका कटारी नगरपालिका–५ का ४६ वर्षीय लिलाबहादुर दनुवार र कटारी–८ की २० वर्षीया कमलकुमारी मगरलाई प्रादेशिक अस्पताल कटारीमा प्रारम्भिक उपचारपछि विराटनगर र काठमाडौं रिफर गरिएको थियो। जसमध्ये दनुवारको स्वास्थ्यमा सुधार भई शुक्रबार घर फर्किएका छन् भने मगरको स्वास्थ्य सुधार भइरहेको छ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी केदारमान दोङका अनुसार अन्य घाइतेहरूस्( कटारी–५ की ५ वर्षीया बिनिषा चौधरी, सोही वडाका ४६ वर्षीय प्रेमचन्द्र दनुवार, कटारी–३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की र कटारी–१२ की १६ वर्षीया अस्मिता परियार उपचारपछि घर फर्किसकेका छन्।

हावाहुरीले जिल्लाका विभिन्न आधा दर्जन स्थानीय तहका विद्यालय, सामुदायिक भवन तथा दर्जनौँ व्यक्तिका घरमा क्षति पुर्‍याएको छ। कुल १ सय ३५ वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी निरञ्जन थापाका अनुसार सबैभन्दा बढी क्षति १ सय २८ वटा निजी घरटहरामा भएको छ। साथै, २ वटा विद्यालय र ५ वटा सामुदायिक भवनका छाना उड्दा क्षति पुगेको छ। ती घरटहरामध्ये केही पूर्ण रूपमा र केही आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन गर्न ३–४ दिन लागेको उनले बताए।

प्रहरी विवरणअनुसार रौतामाई गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालय, रसुवा लाफागाउँको छाना पूर्ण रूपमा उड्दा ९ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, कटारी नगरपालिका–१३ स्थित माध्यमिक विद्यालय मयंखुको एक भवनको छाना उड्दा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

कटारी–१० को सामुदायिक भवन र कटारी–११ को कृषि तथा पशुपन्छी समूहको भवनमा पनि छाना उड्दा जनही १ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी ताप्ली गाउँपालिका–४ बाँसपानी टोल विकास संस्थामा १ लाख ५० हजार, नमुना टोल विकास संस्थामा ५० हजार र सामुदायिक मिल भवनमा ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

त्यसैगरी, कटारी नगरपालिकामा ६३, ताप्लीमा ३२, लिम्चुङबुङमा २५, उदयपुरगढीमा ४, रौतामाईमा २ र चौदण्डीगढीमा २ गरी कुल १ सय २८ घरका छाना हावाहुरीले उडाउँदा १ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको छ। विद्यालय र सामुदायिक भवनतर्फ कुल १६ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हावाहुरीले भत्काएका अधिकांश घर जस्तापाताले छाएका काठे संरचना तथा ढुंगा–माटो र बाँसको टाटीबाट बनेका फुसका छाना भएका घरहरू रहेका छन्।

सम्वन्धित समाचारहरु