प्यूठानबाट ४ हजार ३८५जना विद्यार्थीले एस.ईई दिदै - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठानबाट ४ हजार ३८५जना विद्यार्थीले एस.ईई दिदै

सन्तोष सुनार
सन्तोष सुनार
चैत्र १८ गते २०८२

प्यूठान । प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिने भएका छन । यस वर्षको माध्यमिक परिक्षा (एस.ईई) भोली चैत १९ गते विहिबार देखी देशभर सञ्चालन हुन लागेकोमा प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिन लागेको शिक्षा विकास तथा समन्व्य इकाईको परिक्षा शाखा प्रमुख साधाना पण्डितले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

परिक्षामा सहभागीमध्ये जसमा नियमितको संख्या ३ हजार ५९ जना र ग्रेडवृद्धिमा १ हजार ३ सय २६ रहेको पण्डितले बताउनुभयो । त्यस्तै नियमित साधारणमा २ हजार८ सय ९५ रहेका छन भने प्राविधिक धारमा १ सय ६४ रहेका छन । ग्रेडवृद्धिमा साधारण १ हजार २ सय ९६ र प्राविधिक धारमा ४७ रहेका छन । परिक्षा केन्द्र १६ वटा रहेकोमा सामुदायीक ८१ वटा र संस्थागत ९ गरी जम्मा ९० वटा विद्यालयहरु सहभागी रहेको शिक्षा विकास तथा समन्व्य इकाईले जनाएको छ । यस वर्ष परिक्षामा २ हजार ४ सय ५० छात्रा र १ हजार ८ सय २८ छात्र सहभागी हुदै छन भने जसमा ७ जना २०७९ सालमा अनुउत्तिर्ण भएका विद्यार्थीहरुले परिक्षा दिन लागेका छन ।

परिक्षा भोली विहान ८ बजे देखी सुरु रहेको छ । परिक्षा हलमा मोबाईल, स्मार्टवाच लगायतका सामाग्रीहरु विद्यार्थीहरुले लग्न रोक लगाईएको छ ।

सम्वन्धित समाचारहरु