पत्रकार रजकको हत्याको बिरोधमा प्युठानमा प्रदर्शन - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पत्रकार रजकको हत्याको बिरोधमा प्युठानमा प्रदर्शन

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

प्यूठान ,चैत्र १६ ।राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार काठमाण्डौकाे तिनकुनेमा भएको पत्रकार  सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका हुन ।

राजाबादीको नाममा अराजक समुहले ब्यत्तिगत घरहरुमा आक्रमण गर्ने, लुटपाट मच्चाउनेदेखि पत्रकारलाई जिउदै जलाउने कार्य निन्दनीय रहेको भन्दै उनीहरुले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छ्न ।

 चैत्र १६ लाई नेपाल पत्रकार महासंघको स्थापना दिवस हर्ष उल्लासका साथ मनाउनु पर्नेमा दु:खदपुर्ण घटनाले सबैलाई शोक पारेको पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए। आन्दोलनकाे बाहानामा  ब्यक्तिगत सम्पति, पत्रकार, संञ्चारकर्मी  तथा संञ्चारगृह माथिकाे हमला

सिङ्गाे प्रेस जगत, अभिब्यक्ति स्वतन्त्रततामाथिकाेआक्रमण भएको बताउनुभयो ।  अध्यक्ष भण्डारीले आन्दोलन, हत्या, हिंसा गरेर मात्रै शासन ब्यवस्था परिवर्तन नहुने बताउनुभयो ।

पत्रकार रजककाे हत्याको बिषयमा सरकारले सत्य,तथ्य छाविन गरी घटनाको मुख्य दाेषिलाई कडा कार्वाही गर्न माग गर्नुभयो । मृतकका परिवार र संञ्चारगृहका जायज मागहरु तत्काल सम्बाेधन नगरे नेपाल पत्रकार महासंघले न्यायकाे लागि अझै सशक्त भएर लाग्ने बताउनुभयो ।

पत्रकार र मिडिया माथि राजतन्त्रको समयम पनि हेर्ने दृष्टिकोण सहि थिएन, अहिले पनि निसानामा पर्नु लोकतन्त्रको न्युनतम मुल्यमान्यताका बिरुद्धको आक्रमण रहेको महासंघका पुर्व अध्यक्ष संजय रिजालले बताए । राजावादीकाे आन्दोलनका  क्रममा भएका मृत्यु,अागजनि,ताेडफाेड लगायतका उच्छृङ्खल गतिविधिले देश र प्रेस जगतमाथि थप त्रास पैदा गरेकाे बताउनुभयाे । सरकारले नागरिकको जिउधकाे सुरक्षा गर्न नसकेकाे उल्लेख गर्दै अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्नु सम्पुर्ण राजनीति दलकाे जिम्मेवारी भएको बताउनुभयो ।

बिरोध सभामा प्रेस चौतारीका उपाध्यक्ष राम बहादुर बिश्वकर्मा, प्रेस युनियनका अध्यक्ष मधुसुदन भण्डारी, प्रगतिशील पत्रकार संघका अध्यक्ष प्रज्ज्वल पहाडीले शोक मन्तब्य राखेका थियो ।

सम्वन्धित समाचारहरु