केएमसीले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

केएमसीले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार सेवा सुरु गरेको छ । अस्पताल प्रशासनका अनुसार घाइतेहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायणप्रसाद दाहालले घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्।

यो निःशुल्क उपचार सेवा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको विशेष पहलमा सम्भव भएको हो। समाजसेवामा समर्पित सांसद शर्माले नेपालभरि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्, जसबाट लाखौं नागरिकहरूले लाभ लिएका छन्। गम्भीर बिरामीहरूको लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् ।

सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गरेका छन् । साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।

सांसद डा. शर्मा नेपालका एक मात्र तलबभत्ता नलिने सांसद हुन्। उनले आफ्नो सम्पूर्ण जीवन समाजसेवा र मानवताको सेवामा समर्पित गर्दै आएका छन् ।

सम्वन्धित समाचारहरु