आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै - Pyuthan Online
वैशाख ५ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ ।

पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ । हैदराबाद दुई अङ्कसहित छैटौं स्थानमा छ ।

यस्तै आजको दोश्रो खेल गुवाहाटीमा नेपाली समय अनुसार पौने ८ बजे राजस्थान रोयल्स् र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । दुई खेलमा जीतविहिन राजस्थान तालिकाको पुछारमा छ । चेन्नई दुई खेलमा दुई अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

सम्वन्धित समाचारहरु