पीएम कप ः एपीएफको दोश्रो जीत, कर्णाली १० विकेटले पराजित - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पीएम कप ः एपीएफको दोश्रो जीत, कर्णाली १० विकेटले पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २१ गते २०८२

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । आज भएको खेलमा एपीएफले कर्णालीलाई १० विकेटले हराएको हो ।

कर्णालीले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । एपीएफका आसिफ शेखले अविजित ६५ र दीपक बोहराले अविजित ४२ रन बनाए ।

त्यसअघि जनकपुरधाममा टस जितेर ब्याटिङ गरेको कर्णाली २६ ओभरमा १ सय ७ रन बनाउँदा अलआउट भयो । कर्णालीका अर्जुन घर्तीले सबैभन्दा धेरै ३८ रन बनाए । एपीएफका दीपेश कँडेलले ४ विकेट लिए ।

प्रतियोगितामा एपीएफको यो दोश्रो जीत हो । एपीएफ ६ खेलमा ५ अङ्कसहित छैटौं स्थानमा छ भने समान खेलमा कर्णाली ३ अङ्कसहित आठौं स्थानमा छ ।

वीरगञ्जमा भइरहेको अर्को खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशको खेल चल्दैछ । गण्डकीले दिएको २ सय २८ रनको लक्ष्य कोशीले पछ्याइरहेको छ । प्रतियोगितामा १० वटा टोली रहेका छन् ।

सम्वन्धित समाचारहरु