वैशाख ६ गते २०८२

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २ गते २०८२

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । 

जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । 

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ । 

सम्वन्धित समाचारहरु

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।