झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय

शम्भु सुनार
शम्भु सुनार
असार ७ गते २०८२

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले विकास निर्माणका योजनाहरु संचालन गर्दा अवको समयमा योजना बैंक मार्फत गर्ने निर्णय गरेको छ । शनिवार पालिकाको १८ औँ गाउँसभाले भौतिक पूर्वाधार निर्माणका योजनाहरुलाई निश्चित मापदण्ड बनाएर मात्र संचालन गर्ने नीति ल्याएको अध्यक्षको सचिवलायले जनाएको छ । पूर्वाधार विकासको बजेटलाई तलमाथी नहोस र परेको योजना खर्च होस भनी यस्तो नीति ल्याइएको अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताउनुभयो । हामी आग्रह , पुर्वआग्रह नगरी जनताको समस्याहरु क्रमिक रुपमा समधान गर्ने उदेश्यका साथ लागेको समेत अध्यक्ष महत्तरा क्षेत्रीको भनाई रहेको छ ।

आ.व. २०८२÷०८३ बाट सोही योजना कार्यान्वयनमा आउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि नै आठ वटै वडामा एक÷एक वटा वडाका गौरवका योजनाहरु संचालन गर्ने समेत नीति ल्याएको छ । त्यस्तै ६० वर्षमाथीका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आँखा उपचार पालिकाले निःशुल्क गर्ने , प्रसुती सेवा लिन जाँदा र फर्कदा लाग्ने यातायात खर्चमा नेपाल सरकारले दिएको यातायात सुविधामा थप रकम उपलव्ध गराउने , प्लाष्टिकजन्य वस्तुहरुको प्रयोगलाई निरुत्साहित गर्दै विस्तारै प्लाष्टिकमुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको छ ।

गाउँ सभाको १८ ‌औं अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष२०८२र०८३ को नीति तथा कार्यक्रम लगायत ९ वटा कार्यसूचीहरु पेस भई सर्वसम्मतरुपमा पारित गर्दै सम्पन्न भएको हो ।

सम्वन्धित समाचारहरु