आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ? - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८२

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसममा परिवर्तन देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा कतैकतै चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। साथै, हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि देशका पहाडी भूभागका कतिपय स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्वन्धित समाचारहरु