मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २७ गते २०८२

नवलपुर : मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कावासोतीमा शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती-११ का ईश्वर दर्लामी र सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनीहरू एकैघरका दाजुभाइ हुन्। 

देवचुलीको मुन्डेबाट फर्कने क्रममा कावासोती १ लोकाहा खोला नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। 

दुर्घटना पछि गम्भीर अवस्थामा रहेका दुबै जनालाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। 

सम्वन्धित समाचारहरु