बैशाख ३० गते ,प्युठान। नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा निरविरोध निर्वातिच भएका छन ।
मंगलबार जुम्रमिा रहेको आयुष्मा होटेलमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो।
त्यस्तै उपाध्यक्षहरूमा किरण खड्का प्युठान नगरपालिका , बसन्त विक झिमरुक र डम्मर खड्का माण्डवी रहेका छन्। सचिवमा तारा चन्द स्वर्गद्वारी, सह–.सचिवहरूमा संसार थापा ठान नगरपालिका, विपिन पोखरेल सरुमारानी गाउपालिका ,चित्र बहादुर पुन नौबहिनी , सेरचन रसाइली नौबहिनी र निशा मगर प्युठान नगरपालिकारहेका छन भने कोषाध्यक्षमा जुना परियार झिमरुक निर्वाचित भएकी छन्।
अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता माधव सापकोटा (सुबोध)ले गरेका हुन । कार्यक्रममा माओवादी केन्द्र प्युठानका इन्चार्ज नारायण प्रसाद अधिकारी, केन्द्रीय सदस्य सरस्वती न्यौपाने, लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी, जिल्ला संयोजक यज्ञबहादुर केसी, सञ्चारकर्मी तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।