स्वर्गद्वारीमा सामुदायीक विद्यालयका प्र.अ.को छेडापोखरामा बैठक सम्पन्न - Pyuthan Online
वैशाख ४ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

स्वर्गद्वारीमा सामुदायीक विद्यालयका प्र.अ.को छेडापोखरामा बैठक सम्पन्न

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २५ गते २०८२

बैशाख २५ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपािलमा रहेका सामुदायीक विद्यालयका प्र.अ.हरुको स्वर्गद्वारी नगरपािलका वडा नं.९ छेडापोखरामा रहेको छेडापोखरा प्रा .बि.मा बैठक सम्पन्न गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका शिक्षा शाखाको आयोजनामा स्वर्गद्वारी नगरपालिको वडा नं. ३–९ वडामा रहेका सामुदायीक विद्यालयको प्र.अ.हरुलाई छेडापोखरामा घुम्ति प्र.अ. बैठक गरिएको हो ।

बैठकमा शिक्षकहरुको माग सहित शिक्षा ऐन जारी गर्नका लागी काठमान्डौमा भएको शिक्षक आन्दोलनको समिक्षा र सामुदायीक विद्यालयमा शिक्षा क्षेत्रमा व्यवस्थित तथा राम्रो बनाउनका लागी छलफल गरिएको शिक्षा शाखा प्रमुख प्रेम जिसीले जानकारी दिए ।

बैठकबाट विद्यालयमा असल अभ्यास गर्ने , प्रत्येक सामुदायीक विद्यालयले मासिक रुपमा परिक्षा लिई अभिभावकको उपस्थितीमा नतिजा विश्लेषण गर्ने , विद्यालयहरुमा छाँपामय बनाउने , नगरपालिकाले जुन शिर्षकमा रकम छुट्याईएको छ सोही शिर्षकमा खर्च गर्ने , शैक्षिक डायरीको अधिक्तम प्रयो गर्ने र जनप्रतिनिधी , कर्मचारी र शिक्षकका छोराछोरीहरु सामुदायीक विद्यालयमा अध्ययन गराउने नगरपालिकालाई अनुरोध गर्ने लगायतका विषयमा निर्णय भएको शाखा प्रमुख जिसीले बताए ।

कार्यक्रमको प्रमुख अथिति रहेका प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्टराईले नगरपालिकामा रहेका सामुदायीक विद्यालयलाई व्यवस्थित र सुदृढ गर्न नगरपालिका तत्परको साथ लाग्ने बताउदै शिक्षकहरु आफ्नो शिक्षणमा पेशामा मर्यादित तरिकाले लाग्न आग्रह गरेका थिए । नगरपालिकाबाट शिक्षा क्षेत्रमा चाहीने सामाग्री तथा अन्य गतिविधिमा माग अनुसार व्यवस्था गर्ने समेत प्रतिवद्धता गरे ।

जेष्ठ प्र.अ.जनता मा.वि बर्जीबाङका प्र.अ. कृष्ण प्रसाद पोख्रलको अध्यक्षतामा सुरु गरिएको बैठकमा शिक्षा शाखाका ओवीराम भण्डारी , प्र.अ हरु र कर्मचारीको उपस्थिती रहेको थियो ।