रामबाबुको शब्द, बबिना भट्टराईको स्वर तथा संगीतमा ‘सपनीमा’ सार्वजनिक (भिडियो सहित) - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

रामबाबुको शब्द, बबिना भट्टराईको स्वर तथा संगीतमा ‘सपनीमा’ सार्वजनिक (भिडियो सहित)

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

उनी नै जीवन हुन् अनि जीवन भन्नु नै उनी हुन्, सपनीमा पनि उनी छिन्, विपनीमा पनि उनी छिन् । उनी छिन् र त जीवन जीवन जस्तो बनेको छ । उनी छिन् र त जीवनले गति लिएको छ, लय लिएको छ, पलपल, हरपल जीवनमा खुसी छाएको छ ।

साच्ची कति प्यारी उनी, कति मायालु उनी, पलभर छोड्दैन उनको यादले, सम्झनाले । जति बेला पनि उनी, जे गर्दा पनि उनी, जसो गर्दा पनि उनी नै उनी । जीवन भरि उनी, खुसी भरि उनी, खुसीमा नि उनी, दुःख, सुखका सबै भावमा उनी नै उनी । जीवनका रङहरुमा पानीमा चिनी झैं घुलमिल छिन् उनी ।

यस्तो लाग्छ उनी विना नि जीवन चल्छ र ? उनी विना नि स्वासप्रस्वास चल्छ र ? उनी भए जीवन यसै रमाइलो उसै रमाइलो, उनी भए जीवन यसै घमाइलो …उनी भए जता पनि जे गरे नि रमाइलो नै रमाइलो ।