रामबाबुको शब्द, बबिना भट्टराईको स्वर तथा संगीतमा ‘सपनीमा’ सार्वजनिक (भिडियो सहित) - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

रामबाबुको शब्द, बबिना भट्टराईको स्वर तथा संगीतमा ‘सपनीमा’ सार्वजनिक (भिडियो सहित)

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

उनी नै जीवन हुन् अनि जीवन भन्नु नै उनी हुन्, सपनीमा पनि उनी छिन्, विपनीमा पनि उनी छिन् । उनी छिन् र त जीवन जीवन जस्तो बनेको छ । उनी छिन् र त जीवनले गति लिएको छ, लय लिएको छ, पलपल, हरपल जीवनमा खुसी छाएको छ ।

साच्ची कति प्यारी उनी, कति मायालु उनी, पलभर छोड्दैन उनको यादले, सम्झनाले । जति बेला पनि उनी, जे गर्दा पनि उनी, जसो गर्दा पनि उनी नै उनी । जीवन भरि उनी, खुसी भरि उनी, खुसीमा नि उनी, दुःख, सुखका सबै भावमा उनी नै उनी । जीवनका रङहरुमा पानीमा चिनी झैं घुलमिल छिन् उनी ।

यस्तो लाग्छ उनी विना नि जीवन चल्छ र ? उनी विना नि स्वासप्रस्वास चल्छ र ? उनी भए जीवन यसै रमाइलो उसै रमाइलो, उनी भए जीवन यसै घमाइलो …उनी भए जता पनि जे गरे नि रमाइलो नै रमाइलो ।