इजरायलबाट गाजामा हवाई आक्रमण ः बालबालिकासहित ३३ जनाको ज्यान गयो
इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा युद्धविराम भैरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । आक्रमणबाट बालबालिकासहित कम्तिमा ३३ जनाको ज्यान गएको छ । हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप छ । तर हमासले युद्धविरामप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको बताउँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छिटपुट आक्रमणका घटना भैरहेका र त्यसलाई