पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो
काठमाण्डौ – साबिक विजेता हेल्प नेपालले नवौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ । हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो।पोखरामा हिजो भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जित्न सफल भयो । जीतसँगै हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनशिपमा समेत छनोट भएको छ