कमल र मेलिनाले गरे पहिलो सन्तानलाई स्वागत - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

कमल र मेलिनाले गरे पहिलो सन्तानलाई स्वागत

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १० गते २०८१

काठमाडौं । सांगीतिक जोडी कमल खत्री र मेलिना मैनालीलाई पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको छ । दुबैजनाले सामाजिक संजालबाट प्रशंसकलाई यसबारे जानकारी दिएका छन् ।

मेलिना शुक्रबार अस्पताल भर्ना भएकी थिइन् । आइतबार उनले सन्तानलाई जन्म दिएकी हुन् ।

प्रशंसकलाई यसबारे जानकारी दिँदै कमलले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक बनेको छ । पहिलोपटक बाबुआमा बन्न पाउँदा जुन खुसी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ ।

’‘मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ’ उनी लेख्छन् । कमल र मेलिनाले २०७९ सालमा विवाह गरेका थिए । ‘भ्वाइस अफ नेपाल’की प्रतियोगी मेलिना र गायक कमलबीच कोभिडको समयदेखि प्रेम सम्बन्ध सुरु भएको थियो ।

सम्वन्धित समाचारहरु