‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोसेस पाण्डेले जिते - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोसेस पाण्डेले जिते

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २० गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए ।

कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट एक –एक लाख रुपैयाँ प्राप्त गरे ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताए । ‘फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुनसक्छन् भन्ने प्रमाणित भएको छ’ उनले भने ।

२ महिनादेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको भ्वाइसको छैटौं सिजन निकै चर्चित पनि रह्यो । यो सिजनमा पहिलोपटक लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरी कोचको रुपमा सहभागी रहे । यो सिजनमा सर्वाधिक चारै कुर्सी घुम्नेको कीर्तिमान पनि रह्यो ।

सम्वन्धित समाचारहरु