नियमित सम्भोग गर्दा हुने आठ फाइदा - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नियमित सम्भोग गर्दा हुने आठ फाइदा

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १० गते २०८१

प्यूठान अनलाईन न्युज डेक्स । शारीरिक सामिप्यताले दम्पतीको सम्बन्धलाई कसिलो मात्र पार्दैन, यसले शारीरिक, भावनात्मक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यी तीन कुरामा सकारात्मक प्रभाव बढ्नु शरीर स्वस्थ हुने सुचक हो । विज्ञानले यही भन्छ।

विज्ञहरूका अनुसार जो दम्पती नियमित यौन सम्भोग गर्छन र यौनजीवनबाट खुसी छन्, उनीहरू तुलनात्मक रुपमा स्वस्थ रहन्छन् र हत्तपत्त बिरामी हुँदैनन् ।

कसरी यौन सम्बन्धले स्वास्थ्यलाई प्रभावित पार्छ ?

अमेरिकन सेक्सुअल हेल्थ एसोसिएसनका अनुसार नियमित यौन सम्पर्क राख्दा शरीरलाई फाइदा पुग्छ । किनकी यसले महिला र पुरुष दुवैको कार्डियोभास्कुलर एक्सरसाइज (मुटु सम्बन्धित व्यायाम) भई मुटुलाई स्वस्थ र सक्रिय राख्छ ।

यो बाहेक शरीरको रोगप्रतिरोध क्षमतालाई बढाउँछ । मांशपेसी बलियो पार्छ ।

यस्तै केही नियमित सम्भोग गर्दा शरीरलाई पुग्ने ८ फाइदा

१. भावनात्मक सम्बन्ध कसिलो पार्छ

समयसँगै श्रीमान-श्रीमतीको सम्बन्ध सुरुवाती समयको जस्तै विशेष नभई रहनसक्छ । यस्तोमा नियमित सम्भोगले भावनात्मक सामिप्यता र दम्पतीबीच सम्बन्ध गहिरो बनाउँछ। जर्नल सेज चोइसको रिपोर्ट अनुसार दैनिक सम्भोग गर्दा अक्सिटोसिन जसलाई ‘लभ हर्मोन’ पनि भनिन्छ । जो यौन सम्बन्ध र शारीरिक स्पर्श गर्दा निष्काशन हुन्छ ।

यो हर्मोनले भावनात्मक बन्धन कसिलो पार्न मद्दत गर्छ । यसले एक-अर्का प्रति विश्वास, माया र स्नेह पनि बढाउँछ । जसले सम्बन्धलाई स्थिर पार्छ ।

२. राम्रो निद्रा

नियमित सम्भोग गर्दा शरीरमा अक्सिटोसिन अर्थात् लभ हर्मोनको मात्रा बढ्न थाल्छ । यो क्रममा एन्डोर्फन पनि रिलिज हुन्छ । यी दुई हर्मोन शरीरमा स्राव हुँदा निद्राको गुणस्तरमा सुधार आउँछ । यसले शरीरलाई अत्याधिक आराम अनुभव हुन्छ । उर्जाको स्तर पनि बढ्न थाल्छ ।

३. प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ

एनआईएचको एक रिर्पोट अनुसार जो साताको एक देखि दुईपटक सम्भोग गर्छन, उनीहरूको र्‍यालमा अत्याधिक इम्यूनोग्लोबुलिन ए (आईजीए) पाइन्छ ।

आईजीए एक प्रकारको एन्टीबडी हो, जसले रोगहरूलाई रोक्न महत्वपूर्ण भूमिका खेल्छ। र, हयुमन पेपिलोमा भाइरस अर्थात् एचपीभीविरुद्ध रक्षाकवचको काम गर्छ । यसले महिलालाई रोग र संक्रमणसँग लड्न राम्रोसँग तयार पार्छ।

रिर्पोटका अनुसार जति यौन गतिविधि बढ्छ त्यति प्रतिरोध क्षमता संक्रमणसँग सामना गर्न सक्षम हुन्छ ।

४. पेटको बोसो घट्छ

पुरुषहरूले यौनसम्पर्कका क्रममा प्रतिमिनेट लगभग ४.२ क्यालोरी खपत गर्छन् भने महिलाहरूले प्रति मिनेट ३.१ क्यालोरी खपत गर्छन् । नियमित शारीरिक सम्पर्कले शरीरमा क्यालोरी भण्डारण हुनबाट रोक्छ र शरीरलाई स्वस्थ राख्छ । क्यालोरी खपत गर्ने काम यौनसम्पर्कको गति, समय र स्थितिमा निर्भर गर्छ।

५. प्राकृतिक दुखाइ निवारक

यौनसम्पर्कको समयमा एन्डोर्फिनको निस्कासनले तनाव कम गर्न मात्र मद्दत गर्दैन, यसले प्राकृतिक पीडा निवारकको रूपमा पनि काम गर्न सक्छ।  महिलाहरूले यौन क्रियाकलापमा संलग्न भएपछि टाउको दुख्ने, महिनावारीको समयमा हुने पीडा र शरीरका अन्य पीडाबाट अस्थायी राहत महसुस गर्छन्।

६. मुटु सम्बन्धी समस्या कम हुन्छ

नियमित यौनसम्पर्कले मुटुको धड्कन, रक्तसञ्चार र अक्सिजनको प्रवाह बढाउँछ, जसले समग्र मुटुको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । नियमित यौनसम्पर्कले महिलाहरूमा मुटु रोग र स्ट्रोकको जोखिम कम गर्न पनि प्रभावकारी हुन्छ।

अमेरिकन हार्ट एसोसिएसन जर्नलको रिपोर्ट अनुसार नियमित यौन क्रियाकलापले मुटु रोग भएका पुरुष र महिला दुवैका लागि बिरामी र पार्टनर दुवैको जीवनको गुणस्तर सुधार गर्छ ।

७. तनाव कम गर्छ

नियमित सम्भोगले जीवनमा दिन-प्रतिदिन बढ्दै गएको तनावलाई कम गर्न सक्छ । र, सकारात्मक मुडको क्षमतामा सुधार गर्छ । वास्तवमा, यौनसम्पर्कको समयमा शरीरबाट एन्डोर्फिन निस्कन्छ, जसले व्यक्तिलाई खुसीको अनुभव गराउँछ।

यी रसायनहरूले तनाव र चिन्तासँग लड्न मद्दत गर्छन्, जसले गर्दा महिलाहरूलाई बढी आराम र सन्तुष्टि मिल्छ । नियमित यौनसम्पर्कले भावनात्मक कल्याण र समग्र खुसीको चक्र सिर्जना गर्न सक्छ।

जर्नल अफ फेमिली साइकोलोजीमा गरिएको अनुसन्धानले दैनिक जीवनमा कम यौन गतिविधि गर्ने सहभागीहरूले यौनको अभाव अनुभव गर्ने सम्भावना बढी रहेको पत्ता लगाएको छ।

८. कम्मर मुनिको मांसपेशी बलियो हुन्छ

यौन क्रियाकलापले कम्मर मुनिको मांसपेशीहरूलाई पनि बलियो बनाउँछ। यसबाट पाठेघर र मुत्रथैलीलाई पनि स्वस्थ राख्न सकिन्छ ।यौन क्रियाकलापले प्रेम र समझदारी बढाउँछ भने, यसले शरीरको तल्लो भागको मांसपेशीलाई पनि बलियो बनाउँछ । र, स्वास्थ्य समस्याहरूको जोखिम कम गर्छ। यसले योनि सम्बन्धी रोगहरूको जोखिम कम गर्छ ।