५८ घण्टासम्म चुम्बन गर्ने जोडीको डिभोर्स ! - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

५८ घण्टासम्म चुम्बन गर्ने जोडीको डिभोर्स !

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । चुम्बन प्रेमको प्रतिक हो, गहन तथा पवित्र प्रेम प्रकट गर्नु हो । तर, सबै चुम्बनहरु चीरस्थायी प्रेमको अभिव्यक्ति नहुँदा रहेछन् । कतिपय चुम्बनहरु केवल दुनियाँलाई देखाउन तथा नाम लेखाउनका लागि मात्रै पनि हुँदा रहेछन् । चुम्बन गरेरै किर्तिमान कायम गएको एउटा जोडीको सम्बन्धबिच्छेदले यहीँ तथ्यलाई प्रमाणित गरेको छ । सोसल मिडियामा अहिले एक चर्चित दम्पतीको डिभोर्सको समाचार चर्चामा छ । उनीहरुको डिभोर्स चर्चामा हुनुका कारण चाहीँ १२ वर्षअघि त्यो जोडीले राखेको कीर्तिमान हो, जुन अहिलेसम्म पनि भङ्ग भएको छैन ।

थाइल्याण्डका एक्काचाई तिरानारात र उनकी पत्नी लकसानाले सन् २०१३ मा लगातार ५८ घण्टा ३५ मिनेटसम्म चुम्बन गरेर गिनिज बुकमा नाम लेखाएका थिए । तर चुम्बन गरेर रेकर्ड कायम गरेका उनीहरुको सम्बन्ध टुक्रिएको छ । बीबीसीसँगको कुराकानीमा एक्काचाईले आफ्नी पत्नी लकसानासँग डिभोर्स भएको पुष्टि गरेका छन् । तर, आफ्नी पूर्वपत्नीसँगको उक्त कीर्तिमानी चुम्बनलाई उनले जीवनको सबैभन्दा गर्विलो पल बताएका छन् ।

उनी भन्छन् , ‘म निकै गर्व महसुस गर्दछु । यो जीवनमा एकपटकको अनुभव थियो । हामीले लामो समय सँगै बिताएका छौँ र म ती सुन्दर पलहरुलाई सम्झनामा राख्न चाहन्छु।’ एक्काचाई र लकसानाले विवाहित जोडीको सबैभन्दा लामो चुम्बनको किर्तिमान कायम गर्नका लागि निकै कडा नियमको सामना गर्नु परेको थियो । बाथरुम जानका लागि पाएको खाली समयमा पनि उनीहरुले चुम्बनलाई जारी राखेका थिए । आफ्नो अनुभवका बारेमा बताउँदै उनी भन्छन्, ‘त्यससमय आफूलाई जागा राख्नका लागि एक अर्काको टाउको थपथपायौँ। हामी मूर्तिजस्तै सिधा उभियौँ र पानी पनि एक अर्काको मूखका माध्यमबाट खायौँ।

रोचक त के भने त्यसअघि सन् २०११ पनि उक्त जोडीले ४६ घण्टा २४ मिनेटसम्म लगातार चुम्बन गरेर रेकर्ड कायम गरेको थियो । त्यसको दुई वर्षपछि उनीहरुले आफ्नै किर्तिमान भङ्ग गरेका थिए । एजेन्सीको सहयोगमा

सम्वन्धित समाचारहरु