एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ३० गते २०८२

एजेन्सी ः एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिहीबार दुर्घटना भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ।

जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको मेघाना नगर क्षेत्रमा रहेको बीजे मेडिकल कलेज र सिभिल अस्पताल क्याम्पससँग सम्बन्धित व्यक्ति रहेको बुझिएको छ।

उडान भरेको केही मिनेटमै विमान नियन्त्रणबाहिर गएर अस्पतालको स्टाफ क्वार्टरमा खसेको थियो। धेरै शवहरूको डीएनए परीक्षण गर्न बाँकी रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने आकलन गरिएको छ।

सम्वन्धित समाचारहरु