अमर क्याम्पसमा वतृत्वकला कार्यक्रम सम्पन्न - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

अमर क्याम्पसमा वतृत्वकला कार्यक्रम सम्पन्न

सन्तोष सुनार
सन्तोष सुनार
असार १३ गते २०८२

असार १३ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाझिपुर भिगृमा रहेको अमर क्याम्पसमा वतृत्वकला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अमर क्याम्पसको आयोजना र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समन्वयमा “वैदेशीक रोजगारले समाजमा पारेको प्रभाव” सम्बन्धि वतृत्वकला कार्यक्रम गरिएको हो । वर्तमान अवस्थामा बढ्दो क्रममा रहेको वैदेशिक रोजगारलाई न्युन र समाजमा आर्थिकको मात्र बढ्दो प्रलोभनको मानशिकता परिवर्तन गर्ने उदेश्यको साथ कार्यक्रम गरिएको कार्यक्रम आयोजक (स्ववियु) ले जनाएको छ ।

कार्यक्रमको प्रमुख अथिति रहनु भएको अमर क्याम्पसका सहायक प्रध्यापक टिकाराम शर्माले वतृत्वकलाले विद्यार्थीको शैक्षिक विकास , क्षमता विकास , घुलमिल र नेतृत्व विकासको गर्ने भएकाले यो शैक्षिण क्षेत्रमा आवश्यक रहेको बताउदै सबै प्रतियोगी विद्यार्थीहरुलाई कदर सहित धन्यावाद दिनु भएको थियो । थाहा पाएको अनुसार यो क्याम्पसमा यस्तो कार्यक्रम पहिलो पल्ट भएको हुदा स्ववियु विद्यार्थीको सक्रियता प्रति गर्व लागेको समेत शर्माले बताउनुभयो । कार्यक्रममा ७ जना प्रतियोगीमा प्रथम सुशिला पोख्रेल, द्वितीय सन्तोष सुनार र तृतीय सञ्जिता परियार भएका हुन । उनीहरुलाई अर्काे अतिरिक्त तथा अन्य कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कार वितरण गर्ने अमर क्याम्पसले जनाएको छ ।

कार्यक्रममा प्रतियोगीहरुको मुल्याङ्कन भुमिकामा प्रध्यापक ठाकुर प्रसाद भण्डारी र सरद भण्डारी रहनु भएको थियो ।

सम्वन्धित समाचारहरु