विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

काठमाण्डौ – विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका लागि स्वीकृत गरिएको विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ ।

नेपालमा पुल पूर्वाधारले दुर्गम र सहरी समुदायको जीवनयापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवम् जलवायुजन्य जोखिमले यस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका लागि वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।     

सम्वन्धित समाचारहरु