प्युठान नगरपालिकाद्वारा सारदा र बालज्योति माविलाई नगद पुरस्कार - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

प्युठान नगरपालिकाद्वारा सारदा र बालज्योति माविलाई नगद पुरस्कार

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

प्युठान। जिल्लाको प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१र८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडार कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई नगद पुरस्कार दिने निर्णय गरेको हो।

नगरप्रवक्ता तथा वडा नं ३ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार, सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षातर्फ उन्मुख गराउने उद्देश्यले उत्कृष्ठ हुने दुई विद्यालयलाई क्रमस ३ लाख र २ लाख पुरस्कार दिने जानकारी दिनुभयो । ७४ वर्षअघि स्थापना भएको शारदा माविमा गत वर्षदेखि मात्रै कक्षा १० सम्म पढाइ सुरु गरिएको थियो। पहिलोपटक एसईईमा सहभागी भएका २३ मध्ये २१ जना उत्तीर्ण गराउँदै विद्यालयले ९१.३० प्रतिशत सफलता हासिल गरेको हो। उक्त उपलब्धिले विद्यालयलाई नगरभित्र पहिलो र जिल्लाभर दोस्रो स्थान भएको छ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्वन्धित समाचारहरु