झिमरुकको ओखरकोटमा चोयाचित्रा तालिम सम्पन्न - Pyuthan Online
भाद्र ९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

झिमरुकको ओखरकोटमा चोयाचित्रा तालिम सम्पन्न

शम्भु सुनार
शम्भु सुनार
असार १८ गते २०८२

प्यूठान। जिल्लाको झिमरुक गाउँपालिका ५ ओखरकोटमा चोयाचित्रा सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ । उद्यमीलाई प्रवर्दन गर्न र आर्थिक विस्तारमा जोड्ने उदेश्यले सञ्चालन गरिएको तालिम बुधबार सम्पन्न गरिएको हो ।

तालिमले गाउँपालिकाबासीहरुमा रहेका उद्यमीहरुलाई थप स्वरोजगार र जीवन सहज बनाउने गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । यस्ता कार्यले यस क्षेत्रमा रहेका बासँ, न्याला तथा चोयाचित्रामा प्रयोग हुने बस्तुहरुको प्रयोग हुने र उत्पादनमा विस्तार हुने अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । यसबाट सजावटका सामाग्री, डोका, मान्द्रो, सुपो मोबाइल स्ट्यान्ड, हाते पंखा, मुढा, बाँसको कुर्सी, टेबुल, बेदबाँसको कुर्सी टेबुल र्याक, जुत्ता स्ट्यान्ड जस्ता सामाग्री उत्पादन गर्दै आएको ओखरकोट चोयाचित्रा उद्योग अध्यक्ष दल बहादुर जिसी जानकारी दिनुभयो ।

उत्पादित सामाग्री बुटवल तथा जिल्लाका स्थानीय बजारमा बिक्रीवितरण भईरहेको छ । ओखरकोट चोयाचित्रा उद्योगले सामाग्री उत्पादन तथा बिक्रीवितरणबाट करिब १ लाख ५० हजार बार्षिक आम्दानी गर्दै आएको जिसीले बताउनुभयो ।तालिममा उद्यमीहरुलाई प्रमाण पत्र समेत हस्तान्रण गरिएको हो ।

२०८० सालमा स्थापना गरिएको ओखरकोट चोयाचित्रा उद्योगले गतवर्ष २२ जना उद्यमीलाई सीप दिएको थियो भने यस आर्थिक वर्षमा ३२ जना उद्यमीलाई तालिम दिएको छ ।

सम्वन्धित समाचारहरु