रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन - Pyuthan Online
कार्तिक २१ गते २०८२

रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ११ गते २०८२

प्युठान अनलाईन न्यूज डेक्स । रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन भएको छ । विहिवार रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले उद्घाटन गरी तालिम सञ्चालन गरिएको हो ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सलटेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्रालिको आयोजनामा तालिम सञ्चालन गरिएको रोल्पा नगरपालिकाले जनाएको छ । तालिमको प्रशिक्षकमा घनश्याम गिरी र मुलमान पुनमगरले सहजिकरण गरेका छन । तालिममा नगरपालिका भित्रका ४० जना युवाहरुको सहभागिता रहेको छ ।