प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण गरिएको छ । विहिवार कुलायन नेचुरल हर्वल प्रा.ली. मेचिनगर न.पा. १४ दुवागडीको सौजन्य र कुलायन नेचुरल हर्वल कृषक समुह भिगृको आयोजनामा वडावासीहरुलाई एक कार्यक्रमका विच श्रीखण्डको विरुवा वितरण गरिएको हो । खाली जमिन भएकाहरुले सदुपयोग र भोलीका दिनमा आर्थिकमा राम्रो होस भनी उदेश्यका साथ १०८ जनालाई प्रति व्यक्ति ५–१० वटा र जग्गा खाली ठाउँको आधारमा व्यवसायीक खेती गर्नेको लागी एक सय वटा गरी दुई हजार विरुवा वितरण गरिएको कुलायन नेचुरल हर्वल कृषक समुहको अध्यक्ष दिपेन्द्र कुमार साहले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । श्रीखण्ड हरुको व्यवसायीक खेती गर्न चाहनेहरुका लागी पनि चाहिने विरुवाहरु उपलब्ध गराउने अध्यक्ष साहले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अथिति रहनु भएको स्वर्गद्वारी सबडिभिजन बन कार्यलयका भिगृका सहायक बन अधिकृत विनोद कुमार साहले बादर , बनियोलले लगाईको जमिनका खेतीहरु नास गर्ने ठाउँमाहरु व्यवसायीक खेतीका लागी श्रीखण्डका विरुवा लगाउन किसानहरुलाई आग्रह गर्नुभएको थियो । सबै ठाउँमा श्रीखण्ड लगाएर खेती कहाँ गर्ने ? भन्ने प्रश्न आउन सक्छ उहाँले भन्नु भयो “श्रीखण्डको विरुवा वितरण विशेष गरी खाली ठाउँमा लगाउन र अन्नबाली खाना पुग्ने ठाउँ छोडी बादर र बनियोल जस्ता जनावरहरुले बाली नष्ट गर्ने ठाउँमा लगाउन भनेका हौ । ” साहले श्रीखण्ड विरुवा लगाउने र बचाउने उपाय जानकारी दिदै रासायनिक मलहरु प्रयोग नगर्न र रासायनिक मलहरु प्रयोग गर्ने ठाउँमाहरुमा नलगाउन आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत ओविराम भण्डारीले वितरण गरिएका विरुवाहरु सहि ठाउँमा लगाउन र संरक्षण गर्न किसानहरुलाई आग्रह गर्दे आयोजकलाई धन्यावाद दिनुभएको थियो । त्यस्तै कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर रोकायले स्वर्गद्वारी नगरपालिका ३ मात्र नभई सबै वडाहरुलाई श्रीखण्डका विरुवा वितरण गर्न आग्रह गर्दै अहिले लगाएका विरुवाहरु तयार हुदा भोलीका दिनमा विक्रि वितरण गर्दा किसानलाई मर्का र घाटा लाग्नी गरेर मोलमोलाई नहोस भनेर आयोजकलाई सुझाव समेत दिनुभएको थियो । राम्रो पक्षलाई सदुयोग र नचाहिनेलाई अनावस्यक रुपमा नलाग्न वडासाीहरुलाई सचेत गराउनुभएको थियो ।श्रीखण्डका विरुवाहरु तयार हुन १५देखी २० वर्ष लाग्दछ ।
कार्यक्रममा राजनितिकदलका प्रमुख तथा प्रतिनिधी, पत्रकार ,शाखाका कर्मचारी ,सबडिभिजन बन कार्यलयका भिगृका वन कार्यालयका भिगृक कर्मचारी तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।