१९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दै - Pyuthan Online
मंसिर २३ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

१९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ३ गते २०८२

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे तल्लो मुलपानी मैदानमा शुरू हुनेछ ।

हिजो परेको पानीले मैदान केही ओसिलो छ । नेपालको युवा टोलीले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघि आइतवार यूएई र सोमवार ओमानलाई हराएको नेपालले लगातार दोस्रो जीत निकालेको छ ।

नेपालको चार अङ्क छ । एशिया छनोटमा घरेलु टोली नेपालसहित ओमान, यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् ।

छनोटको शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुने छ ।

आजै अफगानिस्तान र यूएईबीच पनि माथिल्लो मुलपानी मैदानमा खेल हुने छ । यसअघि ओमान र हङकङलाई हराएको अफगानिस्तानको पनि चार अङ्क नै छ । नेपालले शनिवार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् । प्रतियोगिता यही शनिवारसम्म चल्नेछ । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।

सम्वन्धित समाचारहरु