स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ - Pyuthan Online
असाेज १९ गते २०८२

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १९ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ वार्षिक समिक्षा तथा योजना तर्जुमा २ दिने कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार देखी सुरु गरिएको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र रहेको प्रथामिक स्वास्थ्य चौकी , आधारभुत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी , आयुर्वेद , विराट र सर्पदशं उपचारको त्रुधबार नगरपालिकाको सभाहलमा समिक्षा गरिएको हो । गत वषको तुलनामा यो वर्ष सेवा प्रदाय सुधार भएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीले सबै औषधी नपाएको गुनासो आउदा बजेटको अभाव हुदा सबै औषधीहरु उपलब्ध नभएको केसीले प्यूठान अनलाइनलाई जानकारी दिनुभयो । नगरवासीहरुमा सर्ने रोग र नसर्ने रोगहरु विद्यालय , टोल विकास संस्था , आमा समुह , स्वयमसेविका बाट जनचेतना फैलाएको हुदा सजक रहेको र रोगहरु पनि कम मात्रा लागेको महसुस भएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

त्यस्तै सर्पदशं उपचारबाट पनि धेरै विरामीहरुलाई ज्यानबाट बचाउन सकिएको केसीले बताउनुभयो । केसीले भन्नुभयो “ यदि सर्पले टोकिहालेमा विरामीलाई हौषला दिने , टोकेको ठाउँलाई हलचल नगराउने र विरामीलाई सक्दो सर्पदशं उपचार केन्द्रमा लिएमा विरामीलाई ज्यान जानबाट बचाउने सकिन्छ । ” केही स्वास्थ्य संस्थामा भवनहरु नहुदा र कर्मचारी अभावको गुनासो आउदा कार्यक्रमको प्रमुख अतिथी सामाजिक विकास प्रमुख एवम् वडा न. ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले यसको कार्यपालिकामा छलफल गरि निर्णय गराएर व्यवस्था गरिने बताउनुभयो ।अवको समयमा स्वास्थ्य क्षेत्रमा नगरपालिकाबाट बढी बजेट छुट्याउन आग्रह गरिने समेत घर्तिमगरले बताउनुभयो । विग्रेका कम्प्युटर मर्मत र व्याकप व्याट्रि समेत व्यवस्था गरिने समेत उहाँले बताउनुभएको थियो ।

सबै स्वास्थ्य संस्थाबाट राम्रो सेवा प्रवाह भएपनि प्रगती कार्य हेर्दा यो वर्ष कोचिबाङ स्वास्थ्य चौकी उत्कृष्ठ भएको छ भने राम्रो काम र निरन्तर सेवा लागी रहनु भएकोमा स्वास्थ्यकर्मी गोठिबाङ स्वास्थ्य चौकीको प्रमुख नवराज केसी हुनुभएको छ । उहाँहरुलाई प्रमाणपत्र सहित दोशला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य संस्थाको प्रमुख तथा प्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथीकीले गर्नु भएको थियो ।

सम्वन्धित समाचारहरु