साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३१ गते २०८२

काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९।९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह १७।७ प्रतिशतले बढेर एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेर एक अर्ब २७ करोड डलर पुगेको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४४ हजार चार सय ६६ र पुनःश्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ रहेको छ ।

सम्वन्धित समाचारहरु