आज देशभर सार्वजनिक बिदा - Pyuthan Online
असाेज १९ गते २०८२

आज देशभर सार्वजनिक बिदा

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल सरकारले ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक मनाउने निर्णय गर्दै, असोज १ गते बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले असोज १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जलीस्वरूप असोज १ गते बुधबार देशभर राष्ट्रिय शोक मनाइनेछ ।

सो दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइनेछ । साथै, सबै कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।” सरकारको निर्णयमार्फत प्रदर्शनमा परी ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय एकता र समवेदना प्रकट गरिएको छ ।