सुनको भाउ अहिले सम्मकै उच्च ः तोलाको २ लाख ३९ हजार नाघ्यो - Pyuthan Online
मंसिर १५ गते २०८२

सुनको भाउ अहिले सम्मकै उच्च ः तोलाको २ लाख ३९ हजार नाघ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २३ गते २०८२

काठमाण्डौँ। लगातार बढिरहेको सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

यसअघि शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको छ । त्यस्तै आज चाँदीको भाउ पनि रेकर्ड कायम भएको छ । चाँदी आज एकैदिन ६५ रुपैयाँ बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

सम्वन्धित समाचारहरु