पाकिस्तानमा बम विस्फोट, तीन सुरक्षाकर्मीको मृत्यु - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

पाकिस्तानमा बम विस्फोट, तीन सुरक्षाकर्मीको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ३ गते २०८२

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान फेरि हिंसाको चपेटामा परेको छ। मङ्गलबार बिहान मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्रमा भएको बम विस्फोटमा तीन सुरक्षाकर्मीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार कलात जिल्लास्थित तालिम केन्द्रबाट प्रहरीहरू बोकेको ट्रक लक्षित गरी सडक छेउमा राखिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (IED) पड्काइएको थियो। विस्फोट यति बलियो थियो कि ट्रक क्षतविक्षत भयो र सुरक्षाकर्मीहरू टाढा टाढासम्म छरिए।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले सबै घाइतेलाई नजिकको अस्पतालमा लगिएको र गम्भीर अवस्थाका बिरामीलाई उन्नत उपचारका लागि क्वेटा सारिएको बताएका छन्। घाइतेमध्ये कति जनाको अवस्था गम्भीर छ भन्ने प्रष्ट खुलाइएको छैन।

विस्फोटमा परेका प्रहरी बलुचिस्तान कन्स्टेबुलरीका हुन्। उनीहरू बलुचिस्तान नेशनल पार्टी–मेंगलले आयोजना गरेको धर्नाको सुरक्षाका लागि खटिएका थिए। आन्दोलन भइरहेका बेला सुरक्षा व्यवस्थालाई लक्षित गरी आक्रमण भएको अनुमान गरिएको छ।

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन, तर बलुचिस्तान क्षेत्रमा सरकारी सुरक्षाकर्मीमाथि बारम्बार आक्रमण हुँदै आएको छ। बलुचिस्तान पाकिस्तानको अस्थिर क्षेत्र मानिन्छ जहाँ स्वायत्तता र अधिकारको मागमा विभिन्न विद्रोही समूहहरू सक्रिय छन्।