क्वाडी– बाग्दुला सडक विस्तारका लागी नगरप्रमुख योगीद्वारा आफ्नै घर भत्काउँदै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

क्वाडी– बाग्दुला सडक विस्तारका लागी नगरप्रमुख योगीद्वारा आफ्नै घर भत्काउँदै

सन्तोष सुनार
सन्तोष सुनार
मंसिर १ गते २०८२

प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्वाडी– बाग्दुला सडक विस्तारका लागी आफ्नै घर भत्काउनु भएको छ । प्युठान नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय प्युठानले सडक केन्द्र रेखाबाट दायाँ–बायाँ ७.५–७.५ मिटर गरी १५ मिटर चौडा बनाउने योजना अनुसार पहिले आफ्नै घर भत्काई सडक विस्तार कार्य सुरु गर्नु भएको हो ।

सार्वजनिक हितलाई प्राथमिकता दिँदै नगरप्रमुख स्वयंले घर भत्काउन थालेको दृश्य प्रेरणादाही बनेको छ । ‘सडक नभए समृद्धी नै हुदैन, विकास नै हुदैन । गाडीहरुको जाम त्यत्तीकै हुने । दुर्घटना पनि भई नै राख्ने । त्यसैले सडक फराकिलो होस भनेर आफ्नो घर भत्काएर सडक विस्तार कार्य सुरु गरेको नगर प्रमुख योगीले बताउनुभयो ।

सडक विस्तार पछि साईकल यात्री , पैदल यात्री , गाडीहरु आवतजावतमा सहज हुने छ ।