देशभर मनसुन सक्रिय ः आज ठूलो पानी पर्ने सम्भावना - Pyuthan Online
मंसिर २३ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

देशभर मनसुन सक्रिय ः आज ठूलो पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एकदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले देशभर मनसुन सक्रिय छ । अहिले पनि कोशी, मधेश, बागमती प्रदेशको थोरै ठाउँमा तथा बाँकी प्रदेशको एकदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एकदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ । गएराति झापा, उदयपुर, बाँके, डोटीलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आउँदो २४ घण्टामा कतै कतै अति ठूलो पानी पर्ने तर त्यो थोरै अवधि पर्ने सम्भावना छ ।आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै ठाउँमा र बाँकी प्रदेशको पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा ठूलोदेखि अति ठूलो तथा लुम्बिनी प्रदेशको तराईको भागको थोरै ठाउँ, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागको एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । भोलि र पर्सि आजको तुलनामा कम पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।।