प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली सोमबार चौथौ दिनमा चर्चित राष्ट्रिय लोक गायक बद्रि पंगेनी आउन लाग्नु भएको छ । साथै पंगेनीसँग , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा छनौट भएका १९ प्रतियोगी प्रतिस्प्रधात्मक नृत्य हुने समेत श्रेष्ठले बताउनुभयो ।
डान्स आईडलमा छनौट भएका प्रतियोगीलाई विहान १० बजे उपस्थिती हुनआयोजकले आग्रह गरेको छ ।