प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८२

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री बालेन बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गर्नुभएको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता शाहलाई हिजो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।

सम्वन्धित समाचारहरु